बसको ठक्करबाट २ जनाको मृत्यु

काठमाडौँ । रुपन्देहीमा बसको ठक्करबाट २ जनको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डी-७ स्थित पिपलडाँडामा हिजो साँझ लु १ ख ९२ ०८ नम्बरको बसले लु ६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक रुपन्देही सैनामैनाका २० बर्षिय बिकास बस्नेत र पछाडी सवार २२ बर्षिय मिन भण्डारीको मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवार १० महिने बालक आयुष बि.क घाइते भएका छन् । घाइते बालकको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ । ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ ।