भारत पाकिस्तान सीमामा आज पनि गोली हानाहान

काठमाडौँ । पाकिस्तानले जम्मू-कश्मीरको राजौरी जिल्लाको नौशेरा सेक्टरको  नियन्त्रण रेखामा आज फेरी संघर्ष विरामको उल्लंघन गर्दै गोली चलाएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । भरतीय रक्षा मन्त्रालयका प्रवक्ताले पाकिस्तानले आज बिहान ५ बजे ३ स्थानमा गोली चलाएको आरोप लगाएका हुन्।

उनले पहिले पाकिस्तानी सेनाले साना हतियारले  फायरिंग गरेको र पछि मोर्टार प्रयोग गरी गोली हानेको बताएका छन्। भारतीय सेनाले पनि समान हतियारले त्यसको जवाफ दिएको बताईएको छ । गोली हानाहानमा कोहि हताहत भएका छैनन् । पाकिस्तानले हिजो पुंछ जिल्लामा नियंत्रण रेखामा जबर्जस्ति फायरिंग गरेको र ५ जना घाइते भएको र केहि पसल नष्ट भएको भरतीय मिडियाले जनाएका छन् ।

भारतले पाकिस्तानमा गरेको  सर्जिकल स्ट्राइकपछि पाकिस्तानले संघर्ष विरामको उल्लघं गर्दै फायरिंग गरेको यो छैठौ पटक भएको भारतले दाबी गरेको छ ।