दसैँको यात्रा सहज बनाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसद्को सुशासन तथा अनुमगन समितिले दसैँमा यात्रुको सहज आवागमनको व्यवस्था मिलाउन निर्देशन दिएको छ। समितिले यातायात व्यवस्था विभाग र यातायात व्यवसायीसँगको छलफलपछि यात्रुलाई सहज रूपमा यात्रा गर्ने व्यवस्था गर्न सरकार र यातायात व्यवसायीलाई निर्देशन दिएको हो ।

समितिले यातायात व्यवस्था विभागलाई भाडादर तथा यात्रुको सुरक्षाका विषयमा अनुगमन गर्न पनि आग्रह गरेको छ । यातायात व्यवसायीलाई सरकारले तोकेको भाडादरमा यात्रा गराउने प्रतिबद्धताअनुसार काम गर्न पनि समितिले निर्देशन दिएको छ ।