चालीस हजार घुससहित मालपोत प्रमुख पक्राउ

काठमाडौँ । चालीस हजार रुपैयाँ घुससहित मालपोत कार्यालय सिराहाका प्रमुख पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय सिराहाका प्रमुख ज्ञानराज लम्साललाई घुस रकमसहित बुधबार पक्राउ गरेको हो ।

लम्सालमाथि सिरहा नगरपालिका-१३ का दीपु साहबाट जग्गाको विवाद मिलाइदिने भन्दै ४० हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ ।