बजारमा २० रुपैयाको नोट अभाव

काठमाडौँ । दशैँको लागि नयाँ नोट साट्नको लागि यति वेला सर्बसाधारण घाम पानीको वास्ता नगरी लामो लाइन बस्न बाध्य छन्  । तर उनीहरु घन्टौ लाइन बस्दा पनि भने अनुसारको परिणामको नोट पाउदैनन  । अरु नोट पाए पनि बैंकले २० को नोट भने छैन भनेर खाली हात पठाउने गरेको छ  ।

सर्बसाधारणहरु पनि २० को नोटको खोजीमा अनेक बैंक र वित्तीय क्षेत्रमा धाउने गरेका छन्  । तर सबै तिर समान उत्तर हुन्छ ‘२० को छैन’  ।  नेपाल राष्ट्र बैंकले असोज ९ देखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट दिएको थियो । त्यस्तै असोज १६ गतेदेखि २१ गतेसम्म सीधै सर्वसाधारणलाई प्रतिव्यक्ति ३७ हजार रुपैयाँ सम्म नयाँ नोट सटहीको सेवा दीईरहेको छ । पहिलो दोस्रो दिन पैसा साट्नेले सबै नोट पाए पनि त्यसपछि भने २० को नोटको अभाव देखिन थालेको हो  ।

२० को नोट किन अभाव भयो भन्ने बिषयमा नेपाल राष्ट्र बैंक र अन्य बैंक एक अर्कालाई आरोप प्रत्यारोप लागाउछन्  ।  नेपाल राष्ट्र बैंकका प्रबक्ता  त्रिलोचन पंगेनी बजारमा पर्याप्त मात्रामा २० को नोट पठाएको दाबी गर्छन  । उनी पहिले साट्नेहरुलाई कर्मचारीले धेरै नोट दिएर पतःयेका कारण अभाव भएको भन्दै पन्सिन खोज्छन्  ।

तर बैंकहरु भने यो मान्न तयार छैनन्  । उनीहरु राष्ट्र बैंकले नै २० को नोट कम पठाएको वा नपठाएको दाबी गर्छन  । यस वर्ष राष्ट्र बैंकले २० रुपैयाँ दरका २१ करोड थान नयाँ नोट छापेको बताउछ तर सर्बसाधारणले पाउन सकका छैन । यहि आरोप प्रत्यारोपले सर्बसाधारण मारमा परेका छन् । केहि बैंकका कर्मचारीहरुले सुरु मै २० को नोट हाहाकार हुने भएर हल्ला चलाएक थिए ।   सायद त्यहि कारणले हुन् सक्छ २० को नोटको अभाव भएको ।