तनहुँमा बस दुर्घटना

काठमाडौँ । तनहुँको डुम्रे बजारबाट दमौलीतर्फ गैरहेको बस दुर्घटना भएको छ । ग १ ख ४१५३ नम्बरको बस बिहीबार दिउँसो तनहुँको व्यास १ अम्रेनीमा पल्टिएको हो ।

बस पल्टिदा ५० जना भन्दा बढी यात्रु घाइते भएका छन् । ओभरटेक गर्ने क्रममा बस दुर्घटनामा परेको प्रहरीले बताएको छ । सामान्य घाइते यात्रुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइराखेको छ भने चार जनालाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ ।