भूकम्पको दुई धक्का

काठमाडौँ । आज विहीबार भूकम्पको दुई धक्का गएको छ ।

विहीबार बिहान ७ बजेर २३ मिनेटमा सिन्धुपाल्चोकको रबिओपी गाविस आसपास केन्द्रबिन्दू भएर ३.७ म्याग्निच्यूडको पराकम्पन आएको हो । सो पराकम्पनको १५ मिनेटपछि अर्थात् बिहान ७ बजेर ३८ मिनेटमा नुवाकोटको कुमारी गाउँ आसपास केन्द्रबिन्दू भएर ३.८ म्याग्निच्यूडको पराकम्पन गएको हो ।

यी भूकम्पीय धक्का ती जिल्ला आसपास र काठमाडौंसम्म महसुस गरिएको थियो । यो गत वर्षको वैशाखमा गएको शक्तिशाली भूकम्पकै पराकम्पन भएको जनाइएको छ ।