हाइटीमा आँधीको महामारी, २८० जनाको मृत्यु

काठमाडौँ । हाइटीमा म्याथू नामक आँधीका कारण २ सय ८० जनाको  मृत्यु भएको छ ।

हाइटी र क्यूबापछि यो आँधी अब अमेरिकाको फ्लोरिडातर्फ अघि बढेको छ । विनाशकारी आँधीका कारण हाइटीको सबैभन्दा महत्वपूर्ण शहर जेरेमी पूर्ण रुपमा ध्यस्त भएको छ । दक्षिणी शहर सूदमा ३० हजार घर तहसनहस भएको छ ।

त्यहाँ १२५ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको थियो । आँधीले विनाश मच्चाएपछि हाइटीमा राष्ट्रति चुनाव स्थगित भएको छ ।