ओम अस्पतालमा फेरि तनाब

काठमाडौँ ।  राजधानीको चाबहिलस्थित ओम अस्पतालमा तनाव भएको छ । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा बिरोध गरिरहेका छन् ।

पाठेघरको समस्या भएर अस्पताल भर्ना भएकी संखुवासभा चैनपुरकी ५३ वर्षीया टंककुमारी न्यौपानेको बिहीबार साँझ मृत्यु भएको थियो ।उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै आफन्तले प्रदर्शन गरेका थिए ।