नवलपरासीमा सवारी दुर्घटनाः १० यात्रु घाइते, ३ को अवस्था गम्भीर

काठमाडौँ । नवलपरासीको लोकाहामा शुक्रबार विहानै सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार बुटवलबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस र काठमाडौंबाट बुटवलका लागि छुटेको बा २ ख २०४१ नम्बरको माइक्रो पूर्वपश्चिम राजमार्ग अन्तर्गत लोकाहामा आपसमा ठोक्किदा १० जना घाइते भएका हुन् ।

घाइते मध्ये तीन जनाको अबस्था गम्भीर नवलपुरका डीएसपी राजेश थापाले जानकारी दिए । उनीहरुलाई चितवन मेडिकल कलेजमा पठाइएको र अन्य घाइतेको देवचुली अस्पतालमा उपचार भइरहेको प्रहरी बताएको छ ।