खानेपानी लिमिटेडमा ७७ जनालाई अबसर

काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले विभिन्न ७७ पदमा कर्मचारी माग गरेको छ ।

आन्तरिक तथा खुला प्रतियोगितामार्फत आवेदन माग गरेको हो । खुला तथा समावेशीतर्फ ६५ जना र आन्तरिक प्रतियोगिताबाट १२ जनाका लागि आवेदन माग गरेको छ । आवेदन कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वरस्थित मान स्रोत विकास शाखामा बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।