नागढुंगाको जाम खानीखोलासम्म

काठमाडौँ  । दसैँका लागि घर हिडेका यात्रुहरु जाममा फसेका छन् ।

अहिले राजधानीको नागढुंगादेखि सुरु भएको जाम खानीखोलासम्म पुगेको छ । धादिङको खत्रीपौवामा दुईवटा ट्रक पल्टिएपछि जाम लम्बिएको ट्राफिक प्रहरीले जनाएको छ  । दसैँका लागि घर हिडेका हजारौँ यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।