त्रिशुलीमा फेरि ट्रक खस्यो

काठमाडौँ  । त्रिशुलीमा आज फेरि  ट्रक खसेको छ  ।

ना ४ ख ८५५२ नंको ट्रक मुग्लिन—नारायणगढ सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–६ चारकिलो भन्ने स्थानमा खस्दा एकको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा ट्रकका चालक कविलास–२ बस्ने २५ वर्षीय विकास गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सहयोगी कविला–९ बस्ने २६ वर्षीय चाल्र्स गुरुङ घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज उपचार भइरहेको छ ।