सशस्त्र प्रहरीले बनायो ४३ ठाउँमा लिङ्गे पिङ

काठमाडौँ  । सशस्त्र प्रहरी बलले शुक्रबार बिहानसम्म देशभर करीब ४३ ठाउँमा लिङ्गे पिङ हालेको छ । दसैं, तिहार तथा छठको अवसर पारेर सर्वसाधारणलाई मनोरञ्जन दिने उद्देश्यले पिङ हालेको जनाएको छ ।

उपत्यकाको बलम्बु, घट्टेकुलो, सुकेधार, पुरानोबानेश्वर, सिनामंगल, धुम्बाराही, सल्लाघारी, नारायणटार, निलबाराही मन्दिर, खुमलटार, कुसुन्ती, भैसेपाटी, पाँगा र चोभारमा गरी १६ वटा तथा पूर्व क्षेत्रमा ९ वटा, मध्य क्षेत्रमा ६ वटा, पश्चिम क्षेत्रमा ७ वटा र मध्यपश्चिम क्षेत्रमा ५ वटा गरी कूल ४३ स्थानमा लिङ्गेपिङ हालिएको छ भने अझै केही स्थानमा लिङ्गेपिङ हाल्ने क्रममा जारी छ ।