युएफओ मिनीमार्केटमा अागलागी

२८ असोज, ललितपुर । ललितपुर उपमहानगरपालिका–५ कुमारीपाटीमा रहेकाे युएफओ मिनीमार्केटको मेगास्टारमा अागलागी भएको छ ।

बुधबार आगलागी हुँदा उक्त मार्केटको कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले बताएकाे छ । आगलागीमा करिब १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । अागलागी विद्युत सट हुँदा लागेको   प्रहरीकाे प्रारम्भिक  अनुमान छ ।