इलामको माइखोलामा डुंगा दुर्घटना, पाँचको शव भेटियो

२८ असोज, इलाम । इलामको माइखोलामा यात्रुबाहक डुंगा दुर्घटनामा परेकाे छ । चण्डलघाट दोभानमा डुंगा दुर्घटना भएको हो । दुर्घटनामा परी केही यात्रु नदीमा बेपत्ता भएको आशंका गरिएको छ ।

दुर्घटना स्थलमा अहिलेसम्म ५ जनाको शव भेटिएको छ । उनका अनुसार मृतकमध्ये २ पुरूष, २ महिला र १ बच्चा रहेका छन् । त्यस्तै ३० जनाको जीवितै उद्धार गरिएको छ ।

तर, दुर्घटना अझै कति यात्रु हराएका छन् भन्नेबारे यकीन भर्इसकेकाे छैन । उद्दारमा सहयोग गर्न एसपी यादव नेतृत्वको टोली घटनास्थलतर्फ जाँदैछ ।

दानाबारी ८ पाल्टार, तारेभीरबाट नदी तरेर महमार्इ जाँदै गरेको डुंगा दुर्घटना भएको भन्दै स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । डुंगामा झण्डै ५० देखि ६० जना यात्रु यात्रारत रहेको स्थानीयले जानकारी दिएका छन् । के कारण दुर्घटना भएको हो भन्ने खुल्न सकेकाे छैन ।