प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत

काठमाडौँ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतका लागि नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल र भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले नयाँ दिल्लीको इन्दिरा गान्धि अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका छन।

शनिबार बिहान नेपाल एयरलाइन्सको जहाजबाट दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री नेपाली समय अनुसार ९.४५ बजे बिमानस्थलमा अवतरण गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ब्रिक्स सदस्य देशहरूको शिखर सम्मेलन तथा बिमस्टेक देशको आउटरिच सम्मेलनमा भाग लिन आज  भारत प्रस्थान गरेका छन् ।

शनिबार बिहान भारतको गोवामा हुने ‘ब्रिक्स सम्मेलन’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारततर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मा, प्रधानमन्त्री पत्नी सीतासहित १८ सदस्यीय नेपाली प्रतिनिधिमण्ड गोवा प्रस्थान गरेको हो ।प्रधानमन्त्रीले गोवामा बिमस्टेक सदस्य राष्ट्रका सरकार प्रमुखको बैठक एवम् ब्रिक्स विमस्टेक सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा विभिन्न देशका सरकार र राष्ट्रप्रमुखसँग भेटवार्ता गर्ने छन् ।