हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह- कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहबाट जानु नै उपयुक्त बाटो भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले भने, ‘यो त स्वतन्त्र हुन्छ, यसकारण जनमत संग्रहबाट जानु नै उपयुक्त हुनेछ ।’ यदपि, कांग्रेसले भने धर्मनिरपेक्षता सहितको संविधानमा हस्ताक्षर समेत गरिसकेको छ ।

कांग्रेस महामन्त्री कोइरालाले हिन्दु राष्ट्रका सम्बन्धमा आफुलाई विवाद हुने कुरा नबोल्न पार्टीका नेताहरुले दबाव दिएको समेत बताए । तर, उनले आफु हिन्दुहरु नै धेरै भएको नवलपरासीको क्षेत्रबाट अत्याधीक मतले चुनाव जितेको समेत बताए ।

 

आगामी कात्तिक ४ गते कांग्रेसले केन्द्रीय कार्य समितिको बैठकबाट मधेसी दलका कुन मागहरुमा सहमत हुने र कुनमा नहुने भन्नेबारे टुङ्गो लगाउने कोइरालाले जानकारी दिए ।