बायु सेवा निगमले माग्यो ५३ जना कर्मचारी

काठमाडौँ । नेपाल बायु सेवा निगमले  विभिन्न ५३ पदका लागि आबेदन माग गरेको छ ।

निगमले १५ जना प्रशासन अधिकृतका लागि दरखास्त मागेको छ । जसमा खुलातर्फ ८ जना नियुक्त हुनेछन् भने महिला २, आदिवासी जनजाति २, मधेसी २ र दलिततर्फ १ आरक्षण छ । यसैगरी ६ जना लेखा अधिकृतका लागि गरिएको आवेदनमा ३ जनाले खुलामा प्रतिस्पर्धा गरेर जागिर पक्का गर्न सक्नेछन् ।

यसैगरी निगमले बरिष्ठ सहायक पदमा १२, बरिष्ठ लेखा सहायकमा २, प्रशासन सहायकमा १७ र लेखा सहायकमा एउटा पदमा आवेदन मागेको छ ।bayu