यस्तो गाउँहरु जहा अझै आएको छैन दसैँ, कार्तिक ४ गते मनाइने

काठमाडौँ । नेपालीहरुको महान पर्व बडा दसैँ सकिएर आजबाट कार्यालयको काम सुरु भए पनि केही गाउँहरु जहा अझै दसैँ मनाएका छैनन् । झट्ट सुन्दा अनौठो लागे पनि यो वास्तविक नै हो ।

उत्तरी मकवानपुर बिभिन्न गाउका स्थानीयले अझै दसैँ मनाएका छैनन् । चित्लाङ्का बिभिन्न गाउहरु कलाटू, बिसिंखेल र गोपाली गाउका स्थानीयले आगामी कार्तिक ४ गते दसैँ मानाउन लागेका हुन् । गोपाली र गमाल समुदायले परम्परागत चम्पकेश्वर महादेवको जात्रा लाग्ने दिन कात्तिक संक्रान्तिभन्दा अघि नै दसैं परेकाले नमनाएका हुन् ।

कात्तिक संक्रान्तिको आठौं दिनमा महानवमी परेकाले दसैं पछि सारेको स्थानीयले बताएका छन् । आठ दिनअघि गोपाली समुदयाको परम्परागत जात्राका लागि ‘आँग’ अर्गात प्रसादका लागि जाँड राख्ने दिन हो। ‘कात्तिक संक्रान्तिको आठ दिनअघि महानवमी नपरेको भए दसैं मनाइन्थ्यो ।

त्यसका लागि भोलि त्यहाँ चम्पाकेशर महादेवको ठूलो मेला लाग्दैछ ।