राजधानीका यी स्थानमा निःशुल्क भाइबर कल

काठमाडौँ । भाइबरले काठमाडौं उपत्यकाभित्र फ्रि भाइबर क्षेत्र आरम्भ गरेको छ ।

फ्रि भाइबर क्षेत्रको नयाँ सेवा ५ वटा प्रख्यात स्थानहरुमा ललितपुर मल, सिटी सेन्टर, क्याफे दि क्राफ्ट (शान्तिनगर, नयाँ बानेश्वर), निमन्त्रणा रेष्टुरेन्ट (काठमाडौं मल) र डिजी टेक काठमाडौं (पाको न्यूरोड– ताम्राकार हाउसको अगाडी) मा उपलब्ध रहेका छन् र सुबिसु केबल नेट प्रा ली द्वारा उपलब्ध यी भाइबर क्षेत्रहरुमा प्रयोगकर्ताहरुले असीमित निःशुल्क इन्टरनेट सर्भिस प्राप्त गर्नेछन्, जसबाट उनीहरुले भाइबरको प्रयोग सित्तैंमा गरेर कल गर्न, सन्देश पठाउन र भिडियो कल गर्न सक्नेछन् ।

यी स्थानहरुमा प्रयोगकर्ताहरुले फ्रि भाइबर जोनमा लग अन गरेर चाहे जति इन्टरनेटको सुविधा उपभोग गर्न सक्नेछन् ।
“हामीले नेपालमा बढ्दो भाइबरको बजारलाई मध्यनजर राखेर नै फ्रि भाइबर क्षेत्र निर्धारण गरेका छौं । महान चाडको सेरोफेरोमा रमाइरहेका नेपाली प्रयोगकर्ताहरुलाई फ्रि भाइबर क्षेत्रले उल्लेखनीय सुविधा प्रदान गर्नेछ । प्रयोगकर्ताहरुले फ्रि भाइबर क्षेत्रको सेवा उपभोग गर्दै आफ्ना प्रियजनहरुसँग सम्पर्क कायम गरेर चाडबाडको उमँग आदान प्रदान गर्न सकनेछन् । भाइबरले बडा दशैंलाई ध्यानमा राख्दै दशैं स्टिकर पनिनेपालभर सित्तैंमा प्रस्तुत गरिदिएको छ । ” भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले भने ।