अलकायदाको नाममा ठगी गर्दै हिड्ने पक्राउ

काठमाडौँ । आफूलाई विभिन्न भूमिगत समूहहरुको सदस्को रुपमा चिनाउदै उपत्यकाकाकेही व्यवसायी एवम व्यक्तिहरुलाई ठगि गर्दै हिड्ने गरेका एक व्यक्तिलाई प्रहरीले पर्काउ गरेको छ । प्रहरीले अर्घाखाँची सिद्दारा घर भई हाल काठमाडौँ बस्ने बैकुण्ठ बेलबासेलाई पक्राऊ गरेको हो  ।

उनले विभिन्न मोवाईल नं बाट फोन गरी तथा चिठी, पत्रहरुपठाई आफूलाई विभिन्न भूमिगत समूहहरु अलकायदा विश्व संगठन (दक्षिण एशिया,नेपाल), सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाईगर मुक्ति मोर्चाको कमाण्डर अग्निचट्टान, विवश, असिना जस्ता नक्कलीउपनामहरु राखि धाक,धम्की दिई आतङ्कित तुल्याई रकम असुल गर्दै आएको अनुसन्धानबाट खुलेको छ   ।

उनी राज कुमार ढुङ्गानालाई संगठित रुपमा हतियार देखाई अपहरणगरेको अभियोगमा पक्राउ परेका र अपहरण तथा शरीर बन्द्यक र संगठित अपराधमा जिल्ला अदालतको आदेश बाट २७ महिना जेल चलान भई २०७२ भाद्र २७ गते जेल मुक्त भएको प्रहरीले जनाएको छ ।

उनलाई मनमैजुबाट पक्राउ गरि आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौ पठाईएको समेत प्रहरी अपराध अनुसन्धान महशाखाले जनाएको छ ।