आज बिहानै भूकम्पको धक्का

काठमाडौँ ।  सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ६ बजेर १६ मिनेटमा दार्चुला सदरमुकामबाट ४३ किलोमिटर उत्तर पश्चिम भारतमा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताएको छ।