लोकमानको घरमा पुगेको सर्बोच्चको टोलीलाई अबरोध, म्याद टास्न सकेन

काठमाडौँ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको घरमा म्याद टास्न पुगेको सर्बोच्च अदालतको टोली आज पनि म्याद टास्न असमर्थ  भएको छ  ।  कार्कीको नियुक्तिसम्बन्धी मुद्धामा बहसका लागि बोलाउँदा आउन अस्वीकार गरेपछि अदालतका तामेलदार नेतृत्वको टोली आज पनि म्याद टास्न लोकमान निवास नयाँ बानेश्वर पुगेको थियो ।

तर टोली पुग्दा केहि युवा र प्रौढहरुको समुहले घर आफुले भाडामा लिएको भन्दै सर्बोच्चको टोलीलाई रोकेको थियो । रोहबरका लागि आउनु पर्ने वडा सचिव सरिता राई पनि अनुपस्थिति रहिन । केहिबेर बाद विवादपछि टोली म्याद नै नटासी त्यसै फर्केको हो ।

यस अघि पनि सर्बोच्चको टोली पटक पटक म्याद टास्न लोकमण निवास पुगेको थियो । तर टोलीमाथि अह्रेक पटक अवरोध हुँदै आएको छ । बिदाको लागि क्यानडा गएका लोकमान भने अझै फर्केका छैनन्  । उनको स्वीकृत विदाको समय सकी सकेको छ ।