चीनमा शक्तिशाली भूकम्प, नेपालमा पनि महशुस

काठमाडौँ । चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । चीनको उत्तर पश्चिम प्रान्त किंगघाइमा ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार   भूकम्पको केन्द्र तिब्बतको कमादो सहरबाट करिब  तीन सय किलोमिटर उत्तर पश्चिमी क्षेत्रमा जमिनबाट करिब २५ किलोमिटर तल रहेको बताइएको छ ।  भूकम्पको क्षतिको विवरण आउन बाँकि छ ।