‘सी जिन पिङ र मोदीसँगको भेट सुखद संयोग’- प्रचण्ड

काठमाडौँ । भारतको गोवामा भएको ब्रिक्स र बिमस्टेक सम्मेलनमा भाग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्केका छन् । विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेट दुर्लभ सुखद संयोग भएको बताएका छन् ।

उनले यो  त्रिपक्षीय भेट पूर्व निर्धारित नभएको पनि स्पष्ट पारे।  उनले आफू र चिनियाँ राष्ट्रपतिसँगको औपचारिक भेटपछि होटलको प्रतिक्षालयमा बस्दा  संयोगले भारतीय प्रधानमन्त्री आएको बताए ।

भेटको क्रममा आफुले शी जिन पिङलाई नेपाल भ्रमणको निम्तो दिएको र पिङले नेपाल आउने बचन दिएको प्रचण्डको भनाइ थियो ।प्रचण्डले भेट बारे नेपालमा भएको नकारात्मक टिकाटिप्पणी भएकोमा दुखेसो पोखे ।