कांग्रेस नेताले दिए नेपाल टुक्रिन सक्ने चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद फरमुल्लाह मन्सुरले नेपाल टुक्रिन सक्ने चेतावनी दिएका छन् । कांग्रेस केन्द्रीय सदस्य समेत रहेका मन्सुरले आजको संसद बैठकमा बोल्दै   संविधान संशोधन मार्फत मधेशी, मुस्लिम र थारुका माग सम्बोधन नभए नेपालको हालत पाकिस्तानबाट बंगलादेश टुक्रिए जस्तै हुने चेतावनी दिएका हुन् ।

उनले पाकिस्तानमा सत्तरीको दशकमा  पूर्वी पाकिस्तानका मुस्लिमले आफ्नो शासन आफैं चलाउने अधिकार माग्दा राज्यले नदिएपछि पूर्वी पाकिस्तान फुटेर बंगलादेश बनेको स्मरण गराए  ।

उनले आफुहरुले  रिजर्भेशन राखेर मतदान गरेको बताउदै भने ‘९० प्रतिशतले संविधान जारी गरेको भन्नेहरुलाई म स्मरण गराउन चाहान्छु कि, हामीले त्यसबेला रिजर्भेशन राखेर मतदान गरेका हौं’ । उनले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले रोष्टममा उभिएर मधेसी, थारु र मुस्लिमको माग बमोजिम संसदको पहिलो बैठकले संविधान संशोधन गर्छु भनेपछिमात्र आफुहरुले मानेको स्मरण गराए ।