अन्ततः लोकमान सिंह कार्कीको नाममा म्याद तामेल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमान सिंह कार्कीको घरमा टाँस गरि म्याद तामेल भएको छ ।

सर्वोच्च अदालत स्रोतका अनुसार वडा सचिवको रोहबरमा लोकमान सिंह कार्कीको घरमा म्याद टाँस गरिएको प्रतिवेदन बनाएर तामेलदारले सर्वोच्च प्रशासनलाई बुझाइसकेका छन् । अधिवक्ता ओम प्रकाश अर्यालले अख्तियार प्रमुख कार्कीको नियुक्ति गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोही रिटका आधारमा सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ । सोमबार नै अबेर म्याद टाँस भएको प्रतिवेदन सर्वोच्च प्रशासनमा पुगेको जानकारी पाएको रिट निवेदनकर्ता अर्यालले जानकारी दिए । सोमबार दिउँसो म्याद टाँस्न पुगेका सर्वोच्चका कर्मचारीलाई कार्कीका आफन्तले हुलहुज्जत गर्दै टाँस गर्न नदिएपछि अबेर पुगेर म्याद तामेल गरिएको हो ।