फोनमा कुरा गर्दै कुहिनाले गाडी हाक्दा….

काठमाडौँ । फोनमा कुरा गर्दै कुहिनाले गाडी चलाउदा आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना भएको छ । दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नम्बरको यात्रुवाहक बस  दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

घाइते मध्ये एक बालकको अवस्था गम्भीर रहेको छ भने बाँकी सामान्य घाइतेको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार यात्रुहरुका अनुसार  एक हातमा मोबाइलमा कुरा, अर्को हातले गीत परिवर्तन र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको हो । चालक सुरेन्द्र कुँवर फरार छन् ।