अनमोल स्वीट हाउसमा शीलबन्दी

काठमाडौँ । अनमोल स्वीट हाउसमा शीलबन्दी खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागको संयुक्त टोलीले नक्साल स्थित भाटभटेनीमा रहेको अनमोल स्वीट हाउसमा शीलबन्दी गरेको छ ।

टोलीले बिक्रीकक्षमा सजाएर राखिएको बिक्रीकक्षमा राखिएको १४ केजी लालमोहन, १४ केजी रसवरी र २ केजी दहीमलाई पनि नष्ट गरेको छ । ति मिठाईमा अखाद्य वस्तु भेटिएपछि नष्ट गरेको बिभागले जनाएको छ ।

बिभागले स्वीट हाउसको भान्छामा उत्पादन भइरहेको खाद्यवस्तुमा झिँगा, साङ्ला र भुसनासमेत घुमिरहेको फेला पारेपछि शीलबन्दी गरेको हो ।