जापानबिरुद्ध नेपालले जित

काठमाडौँ । जापान र नेपालबीचको मैत्रीपूर्ण खेलमा नेपालले जित हासिल  छ।

घरेलु मैदानमा नवयुग श्रेष्ठले गरेको एकमात्र निर्णायक गोलको मद्धतले नेपालले जापानलाई हराएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा नवयुगले गोल गरे ।

नेपाल र जापानबीच दौत्य सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अबसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथसग मिलेर मैत्रिपूर्ण च्यारिटी खेल आयोजना गरेको थियो ।