फिफा बरियतामा नेपालको छलाङ्

काठमाडौँ  । मलेशियामा भएको एएफसी सोलिडारिटी कपको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीको बरियतामा सुधार आएको छ । फुटबलको सर्बोच्च निकायले आज सार्बजनिक गरेको फिफा बरियताक्रममा नेपाल ५ स्थान माथि उक्लदै १ सय ८१ औ स्थानमा पुगेको छ।

दक्षिण एसियामा सबै भन्दा माथि भारत १३७ औ स्थानमा छ । अफगानिस्तान १४७ औ, माल्दिभ्स १५४ औ र  भुटान १७६ औ स्थानमा छ । नेपाल भन्दा पछि बंगलादेश १८३ औ, श्रीलंका १९५ औ र पाकिस्तान १ सय ९७ औ स्थानमा छ । नेपालले एएफसी कपमा टिमोर लेस्टेसंग बराबरी खेलेको थियो भने ब्रुनाई, लाओस र मकाउलाई पराजित गर्दै उपाधि जितेको थियो ।