स्वास्थ्यमन्त्री थापाले केसीको विषय क्याबिनेटमा उठाउने

काठमाडौँ  । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा केपी सिहसँग छुट्टा छुट्टै छलफल गरेका छन् । साे भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थामा जानकारी लिई समस्या समाधानका लागि आफुले उच्च स्तरीय राजनीतिक तहमा कुरा राख्ने बताएको थापाका प्रेस संयोजक जीवन भण्डारीले जानकारी दिए ।

आज बेलुका पाँच बजे बस्ने मन्त्रीपरिषद्को बैठकमा कुरा उठाउने पनि मन्त्री थापाले डा केसीलाई वताए । समस्या तत्काल समाधानका लागि आफुले सक्दो पहल गरिरहेको पनि बताए ।