सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणेपरान्त २ पत्रकारलाई

काठमाडौं  । प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार मरणोपरान्त स्वर्गीय पत्रकारद्वय सञ्जय न्यौपाने र कर्ण बोहरालाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो ।

स्व न्याैपाने कारोबार दैनिकमा सम्पादक थिए भने बोहरा स्थानीय विभिन्न सञ्चारमाध्यमसहित न्युज २४ टेलिभिजन सुदूर–पश्चिम ब्युरो प्रमुख । मस्तिस्कसम्बन्धी गम्भीर रोगबाट ग्रस्त न्यौपानेको उपचारकै क्रममा यहि कात्तिक २० गते निधन भएको थियो भने पत्रकार बोहराको दुवै मिर्गौला खराब भई उपचार गराइरहेकी श्रीमतीको कुरुवा बसेको अवस्थामा २०७३ मङ्सिर १० गते निधन भएको थियो ।