१६ महिनाकै जन्मान्तरमा तेस्रो बच्चा जन्माउन खोज्दा पाठेघर फुट्यो गर्भवतीको ज्यान बच्यो

खोटाङ । सुत्केरी ब्यथा लागेर पाठेघर फुटेकी खोटाङकी एक गर्भवती आमाको पेटबाट मरेकाे बच्चा निकालिएको छ । चौबीस घन्टाभन्दा बढी समयसम्म सुत्केरी ब्यथा लागेकी दोर्पा चिउरीडाँडा–७ की इन्द्रकुमारी भुजेलको पेटबाट शल्यक्रिया गरेर मृत अवस्थाको बच्चा निकालिएको हो । पाठेघर फुटेर सिकिस्त बनेपछि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएकी भुजेलको एमडिजिपी डा नारायण बराल, मेडिकल अधिकृतद्वय शैलेन्द्र श्रेष्ठ तथा अशोक गिरीको टोलीले शल्यक्रिया गरेर मृत बच्चा निकालिएको हाे ।

ती महिलाले १६ महिनाकै जन्मान्तरमा तेस्रो बच्चा जन्माउन लागेकी  हुन् । धामीझाँक्रीको भरमा बस्दा ढिला गरी अस्पतालमा ल्याइएकी भुजेलको शल्यक्रिया गर्न चारघन्टा समय लागेको थियाे ।