‘देश र जनताका लागि काम गरेको नरुचाउनेहरुले गरेको सुनियोजित षड्यन्त्र मात्र हो’ : सांसद खतिवडा

काठमाण्डौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आफूलाई नियतबस बदनाम गराउने प्रयास भएको भनेका छन् । पूर्वसेनापति छत्रमान सिंह गुरुङका छोरा प्रबलमान सिंह गुरुङको घडी लगेर सुटुक्क फिर्ता गरेको भन्ने आरोपको खण्डन गर्दै खतिवडाले यस्तो भनेका हुन् । 

सांसद खतिवडाले भने, ‘ममाथी लागेको आरोप मेरो चरित्र हत्या गर्ने तथा देश र जनताका लागि काम गरेको नरुचाउनेहरुले गरेको सुनियोजित षड्यन्त्र मात्र हो । म यसको पर्दाफास गरेरै छाड्छु ।’उनले भनेका छन् : ‘मलाई मेरो साथीले फसाउन खोजेको जस्तो लाग्दैन तर हामी दुवैजनालाई फसाउन अरु कसैले घडि राखीदिएको हो ।’