एक सातादेखि हराएका अधिकृत गौतम झुन्डिएको अवस्थामा भेटिए

स्याङ्जा । गएको सोमबार एकसातापछि कार्यालय फर्केर आउने वाचा गर्दे कार्यालयबाट निस्केका स्याङ्जाका भूसंरक्षण अधिकृत कमलप्रसाद गौतम सोमबार साँझ रामनगरको बनमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रामनगरको बनमा दाउरा खोज्ने दाउरेले रुखमा झुन्डिएको अवस्थामा मानिसलाई देखेको भन्दै प्रहरीमा खवर गरेका थिए । उनका साथबाट पर्स र केही रकम, मोवाइल र उनको फोटो भेटिएको भरतपुरका प्रहरी नायव निरीक्षक शैलेन्द्र खड्काले जानकारी दिए ।
अघिल्लो सोमबार (१८) गते मध्यान्ह १२ बजेतिर आफनै कार्यालयबाट बिभागतर्फ जाने भन्दै निस्केका गौतम बिभागमा पुगेनन् । १९ गते (मंगलबार ) बिहान साढे ११ बजेसम्म मुग्लिङ बजारमा रहेकोे र त्यसपछि भने उनी वेखवर रहेको अनुसन्धानवाट खुलेको स्याङजा प्रहरी उपरीक्षक देवबहादुर वोगटीले बताए ।पर्वत घर भएका गौतमका परिवार काठमाण्डौंमा बस्दै आएका छन् । करिब ५ बर्षदेखि जिल्ला भूसंरक्षण कार्यालय स्याङ्जामा प्रमुख र्भै काम गर्नु भएका गौतमका २ छोरी १ छोरा र पत्नी छन् । घटना थाहा पाउने बित्तिकै उनका परिवार, आफन्त घटनास्थल पुगिसकेका छन् ।
घटनाका बारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अन्नपूर्ण पाेष्टबाट