संघीयता र गणतन्त्र गुम्ने खतरा छ –सभामुख

सुर्खेत, २७ पुस । सभामुख ओनसरी घर्तीले दलहरुबीच टकराव बढ्दै गएका बेला प्राप्त राजनीतिक उपलब्धी गुम्ने खतरा बढेको बताएकी छन् । सुर्खेतमा माघे संक्रान्ति मेलाको बुधबार मेलाको उद्घाटन गर्दै राजनीतिक उपलब्धी जोगाउन दलहरु मिल्नुको विकल्प नरहको उनले वतार्इन् । ‘दलहरुबीच दूरी बढ्दै जाँदा संघीयता गुम्ने खतरा बढेको छ’, घर्तीले भनिन्, ‘उपलब्धी जोगाउन दलहरु समयमै सचेत हुनुपर्छ ।’

मिलेर परिवर्तन ल्याएका दलहरु संविधान कार्यान्वयनमा पनि एक हुनुपर्नेमा उनकाे जाेड समेत थियो ।  संविधान कार्यान्यवनका लागि निर्धारित मितिमै तीन तहको निर्वाचन आवश्यक रहेकामा जोड दिइन् ।