फेरि थापा र गच्छदार उपप्रधानमन्त्री बन्ने

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गरेकाे प्रधानमन्त्री कार्यालयले वताएकाे छ । राप्रपा अध्यक्ष कमल थापा तथा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने गरी सरकार विस्तारको तयारी भएको बुझिएकाे छ ।
संसदमा पेस भएको संविधान संशोधन प्रस्ताव पास गराउने तथा दीर्घकालिन गठबन्धन बनाउने रणनीतिसहित सरकार विस्तारको तयारी भएको छ । थापा तथा गच्छदारलाई उपप्रधानसहित क्रमशः परराष्ट्र र सञ्चार मन्त्रालयको जिम्मेवारी दिइने भएको स्राेतकाे दाबी छ ।