सांसद रामहरी खतिवडाका सन्दर्भमा प्रकाशित समाचारप्रति दुख व्यक्त -प्रबल गुरुङ

काठमाडौं । प्रबल गुरुङको रोलेक्स घडीसँग जोडेर सांसद रामहरी खतिवडाका सन्दर्भमा प्रकाशित समाचारप्रति प्रबल गुरुङले दुख व्यक्त गरेका छन् । उनले भ्रामक समाचारका कारण खतिवडालाई पर्न गएको चोट प्रति दुख समेत लागेकाे वताएका छन् ।  विज्ञप्ती जारी गर्दै गुरुङ्ले भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन् ।

उनिले ‘माननीय खतिवडा ज्युको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुख व्यक्त गर्दै सकारात्मक सहयोगका लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उता खतिवडाले आफ्नो चरित्र हत्या गर्ने उद्धेश्यले आफ्नो ट्रयाकको गोजीमा घडी राखिएको भनेर छानविनको माग गरेका छन् ।