सिद्धबाबामा पहिरो, सयौं यात्रु अलपत्र

बुटवल । मध्यरातमा पहिरो खसेपछि बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा सडक क्षेत्र अबरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका अन्तर्गत दोभान सिद्धबाबा क्षेत्रमा ढुंगे पहिरो खसेको हो भने सडकमा ठूला-ठूला ढुंगा खसेर बाटो बन्द भएकाे वतार्इएकाे छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने स्थानमा खसेको पहिरोले मध्यरातदेखि सडकमा सयौं सवारी र त्यसमा सवार यात्रुहरुको लाइन लागेको छ । सडक अबरुद्ध भएका कारण बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा, पोखरा, पर्वत, अर्घाखाँची जाने र सो क्षेत्रबाट बुटवल फर्कने यात्रुहरु बिचल्लीमा परेका छन् ।