डडेल्धुरा कांग्रेसमा मल्लको पुनः उम्मेदवारी

काठमाडाै, साउन ५ । नेपाली कांग्रेसको १३ औ महाधिबेशन आउन एक महिना बाँकी रहेका बेला जिल्ला र गाउँ तहमा महाधिबेशनको तयारी तीब्ररुपमा अघि बढिसकेको छ । प्रायः जसो जिल्ला बाहिर बस्ने नेता तथा कार्यकर्ताहरु जिल्ला र क्षेत्रमा देखिन थालिसकेका छन भने आ आफ्रनो समुहलाई बिजयी गराउने रणनितीमा नेता कार्यकर्ताहरु लगिसकेका छन ।
आसन्न तेह्रौ महाधिबेशनमा पार्टी सभापतिमा बर्तमान सभापति शुसील कोइराला र पार्टीका बरिष्ठ नेता शेर बहादुर देउवाकाबिच नै प्रतिष्पर्धा हुने निश्चित प्रायः छ र त्यसको लागि दुवै समुहका नेताहरु गाउँ तहबाट नै आफ्नो पक्षमा प्रतिनिधिहरु ल्याउने कसरतमा लागिसकेका छन ।

यसै सन्दर्भमा पार्टी बरिष्ठ नेता शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पनि महाधिवेशनको तयारीमा नेताहरु जुटेका छन् । कांग्रेसको १२ औ महाधिबेशनमा देशभरका ७५ जिल्लामध्ये एक मात्र निर्विरोधरुपमा निर्वाचित भएका जुझारु युवानेता कर्ण बहादुर मल्लको कार्यकालमा डडेल्धुरा काँगेसको संगठन सुदृढीकरण लगायत बिकास निर्माणका महत्वपूर्ण कार्य हुनु र पार्टीको भौतिक संरचना निर्माण गरी पार्टीलाई शक्तिशाली संगठनको रुपमा स्थापित गरी यही बर्षभित्र सम्पन्न हुन गईरहेको स्थानीय निर्वाचनमा समेत पार्टीलाई बलियोरुपमा स्थापित गर्न सहज हुने हुनाले भावी नेतृत्वको लागि बर्तमान सभापति कर्ण बहादुर मल्ल निर्बिकल्प सभापति रहेको चर्चा डडेल्धुरा कांग्रेस बृतमा चलिरहेको छ ।

यद्यपि मल्लले दोश्रो कार्यकालको लागि आफू उम्मेदवार हुने इच्छा जाहेर नगरेको भएतापनि पार्टी को संगठनलाई अझ सवल, सक्षम र शसतm बनाउन डडेल्धुरा कँंग्रेसका नेता तथा कार्यकर्ताको ब्यापक दवाव र पार्टी बरिष्ठ नेता शेर बहादुर देउवाको इच्छाअनुसार मल्लले पुनः दोश्रो कार्यकालको लागि उम्मेदवारी दिने घोषणा गरेको वताएका छन ।
मल्लको कार्यकालमा भएका लोकप्रिय कार्य र यसै बर्ष हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरी सवल र सक्षम नेतृत्वको आवश्यक्ता पर्ने हुँदा डडेल्धुरा कांग्रेसलाई मल्लको आवश्यकता रहेकाले पुनः सभापति दोहोर्याउन लागेको काँग्रेस डडेल्धुराका एक नेताले नवीन सन्देश अनलाइनलाई जानकारी दिए ।