मधेशी नेता मिलाउन क्याप्टेन थापाको सक्रियता

काठमाडौ । संविधान निर्माण प्रक्रियाबाट वाहिरिएपछि सिम्रिक एयर एवं अन्नपुर्ण पोष्टका संचालक क्याप्टेन रामेश्वर थापाले मधेश केन्द्रित दलहरुसँग छलफल सुरू गरेका छन । संविधान निर्माण प्रक्रिया सफल पार्न दलहरुवीच भएको १६ बुँदे सहमति गराउन समेत सक्रियरूपमा अघि बढकाे थापाले मधेश केन्द्रित दलहरुलाईसमेत संविधान सभामा सहभागी गराउन पहल थालेका छन ।
विगत दुइ÷तीन दिनमा थापाले फोरम लोकतान्त्रिकका विजय कुमार गच्छेदार, रामेश्वर राय यादव, तमलोपाका महन्थ ठाकुर र सर्वेन्द्रनाथ शुक्ल, अर्का मधेशका प्रभावशाली नेता जय प्रकाश गुप्ता लगायतसँग छलफलसमेत गरेका छन ।  तीन ठुला दलका नेताहरुलाई समेत क्यापटेन थापाले कोटेश्वरस्थित नातेदारको घरमा केही समय अघि वैठक गराएका थिए । त्यही वैठक पछिका निरन्तर छलफलपछि शिर्ष नेताहरु १६ बुदे सहमतिमा पुगेको स्रोतकाे दाबी छ । मधेश केन्द्रित एक नेताले आफुहरुसँग क्याप्टेन थापाले मध्यस्तता गरिरहेको भएपनि निर्णयमा पुगिनसकेको नवीन सन्देशलाइ बताए । एमालेका एक नेताका अनुशार १६ बुँदे गराउन सक्रिय भएका थापाले यस पटक पनि मधेश केन्द्रित दलहरुलाई संविधानसभामा सहभागी गराउने प्रयत्न गरेका हुन ।  भारतीय केही प्रभावशाली नेताहरुसँग समेत राम्रो सम्वन्ध भएकाले थापाले लिएको सक्रियता अर्थपुर्ण हुनसक्ने स्रोतले वतायो । त्यसका लागि थापाले केही भारतीय नेतासँग समेत टेलिफोनमा कुराकानी गरेको स्रोतकाे दाबी छ ।