चर्चाको शिखर चढ्दै गायक विदुर घिमिरे

उदयीमान गायक विदुर घिमिरेले सांगितीक बजारमा नयाँ कोसेली ‘‘भट्टीको छेउमा रक्सीको गन्ध’’ लिएर आएका छन् । गीतमा जीवनाथ घिमिरेले शब्द रचना गरेका हुन् । संगीत तथा गायन विदुर घिमिरेले गरेका हुन ।

gayak

उनको यस म्युजिक भिडियोमा गाणेश बराल, पुष्पश्री कपिल, सुगम, विनायक लामा र खुशी भण्डारी कलाकारको रुपमा रहेका छन । गे्रट भिजन फिल्मले उनको यस भिडियो बजारमा ल्याएको हो । ‘‘भट्टीको छउम रक्सीको गन्ध’’ बोलको गीतले सबैलाइ मनोरञ्जन प्रदान गर्ने उनले बताए । यसगीतको भिडियोहालै सार्वजनिक गरिएको छ ।

गीतको निर्देशन घिमिरे आफैले गरेका हुन् भने कोरियो ग्राफरको रुपमा प्रदिप ज्ञावलीले काम गरेका छन । यस अघि घिमिरेको ‘चुलवुले माया’ बोलको गीत चर्चामा थियो । सानै उमेर देखि गायक बन्ने सपना पालेर अथक मिहिनेत गर्दै आएका घिमिरेको अध्ययन, जागिरसँगसँगै गायनमा कृयाशिल छन् ।

भर्खर २२ बर्षमा हिड्दै गरेका विदुर अभिभावक विहिन हुन् । ०५३ सालमा उनको वुवाको गाडी दुर्घटनामा मृत्यु भएपछि उनले वावुको राम्रो माया र स्नेह अनि अनुहार समेत हेर्न पाएनन । तर उनी भन्छन मेरो वुवाको मलाइ ठुलो गायक बनाउने सपना थियो रे । विदुरको ममी पनि गीत संगीतमा रुची राख्ने र गाउने गर्छिन । जसले गर्दा आफुलाई यस फिल्डमा आउन सहज भएको उनी बताउँछन । उनले १७ बर्षको कलिलो उमेर देखि नै गीत संगीत क्षेत्रमा हाम फालेका हुन् ।

आर्थिक उर्पाजन र हात मुख जोर्न उनी व्यापार व्यवसाय गर्छन । तर उनको पहिलो रोजाइ गायन क्षेत्र नै हो । यसैमा भविष्य बनाउने र इतिहासमा नाम राख्ने उनको लक्ष्य छ । विभिन्न आरोह अवरोह पार गर्दै विदुर अघि बढदै छन । गीत संगीतको क्षेत्रमा अरुको सहयोग विना नै उनले क्रमश सफलता हात पार्दै गएका छन । उनले ४ बर्षको उमेर देखि नै गीत गाउन थालेका हुन् । त्यतिवेला उनी दिनेश काफ्ले र गिता काफलेको ‘भन्नु नभाको आमा रातो सारी चुरा पोते किन नलाको’ भन्ने गीतबाट साह«ै प्रभावित थिए ।

किनकी उनको पनि वुवा नहुनु भएको र गितमा जस्तै भोजराज काफ्लेको छोरा दिनेश काफ्ले पनि १० बर्षको र उनी पनि १० बर्षको थिए । दिनेशले त्यति सानोमा गाउन सकेको कारण आफु पनि सक्ने भन्दै पाँच कक्षा देखि नै उनले म्युजिक ट्रत्याक सिक्दै गाउँदै आएका हुन । उनको गीत स्टुडियोमै आएर रेर्कड गरिएको ०६७ सालबाट हो ।

विदुरले यस क्षेत्रमा लागेर धेरै हन्डर खाएका छन । सुरुमा उनलाई गीत कहाँ रेर्कड हुन्छ कसरी हुन्छ भन्ने सम्म थाहा थिएन । काठमाण्डौ छिरेर स्टुडियो धाउँदा अनि डेरामा पुग्दा अबेर भएर घरबेटीले ढोका लगाइदिने गरेको तितो सम्झना उनलाई सँधै आउँछ । उनको अहिले आएका नयाँ गीतहरु रोमान्टिक, आइटम तथा फाष्ट गीतहरु छन । नयाँ पुस्तालाई मध्येनजर गरिएको छ । चुलबुले माया भनेर भर्खरै बजारमा उनको तस्रो एल्वम हो ।

यस अघि उनको दुखाइ मनको र स्पर्श माटोको भन्ने एल्वम बजारमा आइसकेका छन । तर आवश्यक प्रचार प्रसारको अभावमा एल्वमले स्रोता माझ राम्रो परिक्षा दिन पाएन । केही दिन अघि मात्र दीलको छहारीमा, मन मुटु देखि नै भन्नु भन्ने बोलको ३ वटा गीत चुलवुले माया एल्वममा उनले समावेश गरिसकेका छन । चुलवुले मायाको म्युजिक भिडियो पनि छ ।

उनको पहिलो एल्वम दुखाइ मनको १८ बर्षको उमेरमा विमोचन भएको हो । त्यसमा उनले म मेरर तिमिलाई खुशी मिल्छ भने, बाध्यताले जाँदैछु, म छोडी गयौ नभन्नु है, मायाको डोरीले तान्यो मलाइ लगायत गीतहरु थिए । त्यसैगरी उनको दाश्रो एल्वम स्पर्श पन्चाम्रीत म्युजिक मिडिया एण्ड फिल्म प्रालिले २०७१ मा बजारमा ल्याएको हो ।

स्पर्श एल्वममा नेपाल हाम्रो स्वर्ग झै राम्रो हिमाल हाँसेको बोलको गित हिट थियो । त्यसैगरी पहाडको काँखमा हिमालको छहरा पनि चर्चामै थियो । उनका अन्य छिटपुट गितहरुमा हल्का राम्री छौ । मनको मलम,  भुकम्पपछि लगायत छन । उनी निरन्तर गीति क्षेत्रमा लाग्ने प्रण गर्छन ।