खबरदारीका ‘अगुवा’ मानिने रामहरी को हुन् ?

रामहरी खतिवडा यति बेला निकै चर्चामा आएको नाम हो । काग्रेस पार्टी भित्र होस या संसद भवन भित्र होस । सरकारको निर्णयमा होस या त पार्टीको निर्णयमा होस खबरदारी गर्न नछुट्ने नेता हुन रामहरी खतिवडा । ramhari

२०२६ साल पुस महिनाको २४ गते ओखलढुङ्गाको थाक्ले—२ मा पिता जीवनाथ खतिवडा र माता यशोदा खतिवडाको कोखबाट जन्मिएका रामहरि खतिवडा ओखलढुङ्गाको वर्तमान राजनीतिक इतिहासमा प्रखर युवा नेताको रुपमा स्थापित नाम हो । ओखलढुङ्गाको मानेभञ्ज्याङ विद्यालयबाट २०४१ सालमा एसएलसी उत्तीर्ण भएका खतिवडाले राजनीतिकशास्त्रमा एम.ए. र कानूनमा बी.एल.सम्मको अध्ययन गरेका छन ।

२०३९ सालमा अनेरास्ववियुको जिल्ला सचिवको भूमिका निर्वाह गर्दै राजनीतिमा प्रवेश गरेका खतिवडा २०४१ मा आइपुग्दा नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा आबद्ध थिए । तत्श्चात २०४२ सालमा नेपाली काग्रेसले आह्वान गरेका सत्याग्रहमा उनको सक्रिय सहभागी रहेको थियो ।

पञ्चायती व्यवस्थाको समयमा मावलीतर्फका हजुरबुवा प्रधानपञ्च हुनुभएको हुनाले उहाँकै देखासिकीबाट राजनीतिक प्रभाव पर्न थालेको बताउने खतिवडा २०४२ सालपछिको सत्याग्रहपश्चात अध्ययनको सिलसिलामा काठमाडौं आएपछि काँग्रेसका शीर्ष नेता कृष्णप्रसाद भट्टराईसँग भेट हुन पुग्यो । कृष्णप्रसाद भट्टराइसंगको भेटसंगै आफुमा राजनैतिक ऊर्जा थपिएको खतिवडा वताउछन ।

उनी २०४२ सालदेखिनै कृष्णप्रसाद भट्टराईकै आसपासमा रही राजनीतिक गतिविधिहरुमा सहभागी हुने क्रममा २०४५ को पञ्चायतविरुद्धको आन्दोलनमा सारिक हुन पुगे । त्यसबेला खतिवडाले कडा नारा लगाउँदै अघि बड्दा ऋषिकेश शाह, पद्मरत्न तुलाधर, नवेन्दु राजवंशी, चन्द्र भण्डारी, एन.पी.साउदसँगै खतिवडा पनि पक्राउ परे ।

यसरी पक्राउ परेका खतिवडाले न्यायाधीश समक्ष स्पष्टिकरण दिने क्रममा पक्राउ आदेश दिने प्रहरी अधिकृततर्फ इङ्गित गर्दै ‘‘मैलै पञ्चायती व्यवस्था मूर्दावाद भन्दा मूर्दावाद—मूर्दावाद भन्दै समर्थन गर्ने हजारौ जनतालाई पनि पक्राउ गर्ने कि ! मलाई मात्रै पक्राउ गर्ने ?, मैले पञ्चायती व्यवस्था मूर्दावाद भन्दा हैन, जिन्दावाद—जिन्दावाद भनी समर्थन गर्न लगाउने जिम्मेवारी मेरो हो कि ! सरकारको हो?’’ भनी कडा प्रतिवाद गरेका थिए ।

खतिवडाको प्रतिवादका कारण नाजबाफ प्रशासकहरुले रु तीन हजार रुपियाँ धरौटी लिई काठमाडौको डिल्लीबजार कारागारबाट सबैलाई मुक्त गरेको थियो । खतिवडालाई भने मुक्त भएको १०/१५ मिनेट नबित्तै सोही स्थानबाट षडयन्त्रमुलक ढंगले पुनः नियन्त्रणमा लिई बेपत्ता बनाउने मनशायले प्रहरीको गाडीमा मुखमा पट्टि बाँधेर राखिएको थियो ।

कार्यकर्ताको जिम्मेवारी लिन पुगेका कृष्णप्रसाद भट्टराई र बलबहादुर केसीलगायतका काँग्रेस नेताहरुले खतिवडालाई बेपत्ता पार्नलागेको थाहा पाई तत्काल गाडीलाई घेराहाली मुक्त गराइएका थिए । २०४६ साल माघ ७ गतेबाट चरणबद्ध आन्दोलन गर्ने पार्टीको निर्णय अनुसार त्यसको तयारीको लागि काठमाडांैस्थित नेपाल ल क्याम्पसमा माघ ५ गते भेलाभएका खतिवडा लगायत अन्य सबैलाई प्रहरीले हस्तक्षेप गरी कोठामा बन्दी बनायो ।

कोठा भित्र बन्दी बनाइको अवस्थामा प्रहरीहरुको अन्यत्रै ध्यान केन्द्रित भएको मौका छोपी खतिवडाले कोठाको झ्यालमा लात्तले हानी झ्याल फोडेर भाग्न सफल भएका थिए । त्यसबेला खतिवडा लगायत काग्रेसका धेरै कार्यकर्ताहरु रत्नराज्य क्याम्पसको पछाडि हुँदै भाग्न सफल भएका थिए ।

२०४६ सालको जनआन्दोलनपश्चात् बनेको सर्वदलीय अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले तत्कालीन नेपालको संविधान २०४७ निर्माण गर्ने प्रयोेजनको लागि विभिन्न राष्ट्रको संविधान अध्ययन गर्ने क्रममा जापानको संविधानबारे अध्ययन गरी प्रतिलिपि झिकाउने जिम्मेवारी खतिवडालाई दिएका थिए । २०४७ सालको संविधान निमौणमा पनि खतिवडाको सानोतिनो जे जस्तो भएपनि योगदान दिएका थिए ।

त्यसवेला कृष्णप्रसाद भट्टराइले उनलाई जापानको संविधान ल्याउने जिम्मेवारीसँगै जापानमा आयोजित १३३ राष्ट्र सम्मिलित (पृथ्वीलाई कसरी सुन्दर राख्न सकिन्छ) भत्रे कार्यक्रममा सहभागी भई वातावरणसम्बन्धी महत्वपूर्ण विचार राख्ने अबसर पाएका थिए । त्यसबेला उनले राखेको विचारले तेस्रो स्थान प्राप्त गरेको थियो । यसरी विभिन्न राजनैतिक, सामाजिक तथा सांगठनिक गतिविधिमा सक्रिय रहँदै आएका खतिवडा २०४८ सालमा सम्पत्र संसदीय निर्वाचनमा ओखलढुङ्गाको केन्द्रीय पर्यवेक्षको रुपमा रही भूमिका निर्वाह गरेका थिए ।

राजनैतिक घटनाहरुमा सक्रिय हुँदै आएका खतिवडा पछिल्लो पटक २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रद्वारा सञ्चालित सरकार विरुद्ध गरिएको १९ दिनसम्मको लामो आन्दोलनमा सशक्त भूमिका खेलेका थिए । त्यसबेला उनलाई आन्दोलन स्थलबाटै पक्राउ गरी सेनाको एक नम्बर गणमा बन्दी बनाई चार महिनापछि रिहाइ गरिएको थियो । रिहाइपछि पुन काठमाडौको नयाँ सडक र असनमा आन्दोलनको कोणसभामा मन्तव्य राख्दै गरेको अवस्थामा प्रहरीले हस्ताक्षेप गर्यो ।

त्यसबेला कारबाहीबाट बच्नका लागि रञ्जना गल्लीसँगै रहेको मारवाडीसेवा समितिको भवनभित्र लुकी बसेको अवस्थामा डा.शेखर कोइरालासहित उनलाई पनि पक्राउ गरी दशरथ रंगशालामा बन्दी बनाइएको थियो । त्यसबेला थुप्रै काग्रेसका नेतालाई दशरथ रंगशालामा बन्दी बनाइएको थियो यसरी नेपाली काँग्रेसको आन्दोलनमा सशक्त बन्दै आएका खतिवडालाई २०६४ सालमा सम्पन्न भएको संविधान सभाको चुनावमा गिरिजाबाबुले ओखलढुंगाको २ नम्बर क्षेत्रका लागि उम्मेदवार बनाउने आश्वशन दिए पनि जिल्ला भित्रकै नेताका कारण उनको उम्मेदवारी खोसियो ।

रामहरी खतिवडाका ठाउमा क्षेत्र नं. १ का बालाराज कार्कीलाई उम्मेदवार बनाइयो । जिल्लामा माओवादी निकै बर्चश्व थियो त्यसै पनि काग्रेसले निकै संघर्ष गर्नु पर्ने अवस्था त्यसमा पनि क्षेत्रीय हिसाबले क्षेत्र नं १ को उम्मेदवारलाई क्षेत्र २ मा लानु नै काग्रेसको पराजय निश्चित थियो । अन्ततः काग्रेसले हार बेहोर्नु परेको थियो । उक्त निर्वानको हारलाई जितमा परिणत गर्नका लागि खतिवडा सशक्त रुपमा लागि परे । जसका कारण काग्रेसको बाह्रो महाधिवेशमा जिल्लाबाट उनी महाधिवेशन प्रतिनिनिधिका रुपमा विजय भए । उनले केन्द्रीय समितिका लागि सगरमाथा अञ्चलबाट उम्मेदवारी दिए संयोग थोरै मतका कारण पराजय बने । पराजय बने पनि उनले काग्रेसको नेतृत्वमाथि सधै प्रश्न गरिरहे ।

फलस्वरुप २०७० सालमा सम्पन्न भएको दाश्रो संविधान सभाको निर्वाचनमा उनलाई ओखलढुंगा क्षेत्र नं २ को नेपाली काग्रेसको उम्मेदवारी बनाइयो । चुनावी मैदानमा ठुलो संघर्ष गरे । नेपाली काग्रेसको इतिहास बोकेको जिल्ला ओखलढुंगा कहिल्यै नहाने परिपाटी अघिल्लो निर्वाचनमा सिद्धिएको थियो । तर खतिवडाले काग्रेसको इतिहासलाई उच्चो राखे जसको कारण निर्वाचन जित्न सफल भए । निर्वाचनमा उनलाइ हराउन आफनै पार्टी भित्रका शक्तिहरु नलागेका पनि होइनन । खतिवडाले टिकट पाएको भन्दै कति जनाले पार्टीबाट राजिनामा दिए ।

तर निष्पक्ष र निडर खतिवडाले चुनाव जितेरै छाडे । यसरी चुनाव जिते पछि खतिवडा ओखलढुंगाको नेतृत्व गर्दै संसदमा भएका राजनीतिक खिचातानीलाई उनले सधै भरी खबरदारी गर्दै आए । संसदमा गरिने हरेक निर्णयमा खतिवडाले खबरदारी गर्दै आए । संविधान लेखन प्रक्रिया अगाडि बढाउन समेत खतिवडाले सरकारलाई खबरदारी गरिरहे । भुकम्पका बेला सभासदले पाल बाडेको बिषयमा खतिवडाको चर्को बिरोधमा गरे त्यसैगरी सभासद कोषमा रकमा समेत खतिबडाको खबरदारी चलिरहयो ।

अन्तत संविधान जारी भयो । संविधान जारी भएपछि पनि पार्टीको नेतृत्व तहमा आफु खसी निर्णय गर्ने र पार्टीको हैसियत नामेट पार्न खोज्ने प्रबृत्ति प्रति सधै खतिवडाले सधै नेतृत्व प्रति खबरदारी गरिरहेका छन । अझ उनको महत्वपूर्ण योगदान त के भने उनकै पहलमा सांसदको परिचय पत्रमा ‘नेपाल’ थपियो । पहिले बनेको परिचय पत्रमा ‘नेपाल’ शब्द नै थिएन ।