नेविसंघका शसक्त दाबेदार को हुन् तारक के.सी ?

काठमाडौँ  । श्रावन २३ देखि हुन् लागेको नेपाली काँग्रेसको भातृ संघठन नेविसंघको एघारौ महाधिवेशनमा प्रदेश नं ६ बाट केन्द्रिय सदस्यको दौडमा विद्यार्थी नेता तारक के.सी शसक्त दाबेदारको रुपमा देखिएका छन । के.सीले रुकुम जिल्लाबाट प्रतिनिधित्व गरेका हुन  ।

kc

विगत एकदशकदेखी विद्यार्थी राजनिति र विद्यार्थी आन्दोलनमा संलग्न के.सी र उनको परिवारलाई तत्कालीन्न विद्रोही माओवादीले निकै यातना र पिडा दिएको थियो । सानैदेखी अध्ययणशिल र दुरदर्शी विचार राख्न सक्ने क्षमताका उनी लेखन र भाषणकलामा अब्बल मानिन्छन ।

स्कुल जीबनदेखी नै विस्थापित भएर सदरमुकाम बस्ने क्रममा उनले माओवादीबाट धेरै समय भौतिक यातना र गिरप्mतारीबाट पिडित बनेका थिए । पार्टीमा वर्तमान संस्थापन पाटी सभापति देउबा समुह नजिक रहेका उनीलाई नेविसंघका सवै समुहका नेताहरुले मन पराउछन । बैचारिक, जुझारु, अध्ययणशिल र कुनैपनी कुरामा दुरदर्शी दष्टिकोण राख्न सक्ने र कार्यकर्ताहरु संरक्षण गर्न सक्ने नेतृत्व स्थापित हुनुपर्छ भन्ने मान्यता राख्ने उनी नेविसंघका नेताहरु संग लामो समयदेखी संगतमा रहेका छन ।

नेविसंघको साधारण सदस्य,इकाई समिति अध्यक्ष,जिल्ला कार्य समिति सदस्य,सह सचिव,सचिव समेत भएर जिल्लामा विभिन्न रचनात्मक र सृर्जनात्मक गतिविधिहरु सञ्चालन गरेका कारण जिल्लामा रहेका अन्य विद्यार्थी संघ संगठन र पाटीहरुमाझ समेत लोकप्रिय मानिन्छन ।

नेविसंघ जिल्ला सभापतिमा १ मत अन्तरले पराजित के.सी रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता आम सञ्चारमा स्नातक र ग्रामिण विकाशमा स्नातकोत्तर अध्ययणरत हुन । विपि कोईरालाको जीबनी र प्रजातान्त्रिक समाजवादी राजनैतिक दर्शन र शसस्त्र द्धन्दकालमा माओवादीले दिएको पिडा र यातना बाट प्रभावित भएर विद्यार्थी राजनितिमा लागेका के.सी विविध साहित्यक लेखन तथा पत्रकारिता लेखनमा समेत एक दशकाको अनुभव संगालेका छन ।

उनका विद्यार्थी राजनिति र नेविसंघ,माओवादी शसस्त्र द्धन्द र हाम्रो भोगाई नामक पुस्तक प्रकाशोन्मुख रहेका छन भने मुलधारका विभिन्न दैनिक,साप्ताहिक र पाक्षिक पत्रपत्रिकाहरुमा विविध सन्र्दभका लेख रचनाहरु प्रकाशित हुँदै आएका छन ।