मोफसलका प्रतिनिधिको पहिलो रोजाई हिमाल

सानै उमेरदेखि लगातार नेपाल विद्यार्थी संघमा क्रियाशिल महामन्त्रीका उम्मेदवार हिमालदत्त श्रेष्ठ यस पटकको महाधिवेशनमा मोफसलका प्रतिनिधिहरुको पहिलो रोजाईमा परेका छन् ।

himal datta

काठमाडौं भन्दा बाहिर रहेकाले पनि संघको केन्द्रीय नेतृत्वमा रहेर काम गर्न पाउनु पर्दछ भन्ने मान्यताका साथ महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकाले उनी मोफसलका प्रतिनिधिहरुको रोजाईमा परेका हुन् । “काठमाडौं बाहिरका प्रतिनिधिहरुको भावनालाई बोकेकाले हिमालदाईलाई हामीले हाम्रो उम्मेदवारको रुपमा पाएका छौं,” कैलालीका एक प्रतिनिधिले भने ।

उनी काठमाडौका प्रतिनिधिहरुका विचमा पनि उत्तिकै घुलमिल भएका उम्मेदवारका रुपमा चर्चामा छन् । शैक्षिक मुद्धाहरुमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्न र नेविसंघका विभिन्न कार्यक्रम लिएर पटक पटक देशव्यापी अभियान चलाएका श्रेष्ठ देशभरी निष्ठावान र लगनशील संगठनकर्ताका रुपमा परिचित छन् ।

उनी पछिल्लो ऐतिहासिक जनान्दोलनका घाइते समेत हुन् । २०५३ मा सेन माबि तान्सेन पाल्पाबाट नेविसंघको नेतृत्व गर्न थालेका श्रेष्ठ २०५५ मा त्रिभुवन बहुमुखी क्याम्पस तान्सेन पाल्पाको स्ववियु सदस्य भए भने २०५७ उपसभापती भए । एकपछि अर्को जिम्मेवारीमा अभ्यस्त हुदै जानेक्रममा श्रेष्ठले २०५८ मा ने बि संघ, त्रिभुवन बहुमुखी क्याम्पस तान्सेन पाल्पाको अध्यक्ष र २०६० मा त्यही क्याम्पसको स्ववियु सभापति भए ।

एक्लै सभापति जितेका श्रेष्ठले आफुले हस्तान्तरण गर्ने बेलामा नेविसंघका सवै उम्मेदवारहरुलाई जिताएका थिए । २०६१ मा ने बि संघ, पाल्पाको जिल्ला सभापति, २०६२ मा संघको केन्द्रीय सदस्य र २०६४ मा संघको निर्वाचित केन्द्रिय सदस्य भई कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेकाले अव महामन्त्रीमा आफु स्वभाविक दावेर रहेको श्रेष्ठको भनाई छ ।

काँग्रेसको १३औं महाधिवेशनमा सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र महामन्त्रीका प्रत्यासी डा. शशांक कोईरालाको तर्फबाट मतगणनामा प्रतिनिधि बसेका बेला पौडेल पराजित हुन थालेपछि धेरैले छोडेर हिड्दा पनि उनी एक्लै प्रतिनिधित्व गरेकाले श्रेष्ठ उनीहरुको विश्वासपात्र मानिन्छन् ।

पौडेल र कोईराला पक्षका नेताहरुका विचमा हिमाललाई महामन्त्रीका लागि अगाडी बढाउनै पर्नेगरी छलफल भईरहेको एक नेताले जानकारी दिए ।