तरुण दल महाधिवेशन: को हुन् केन्द्रिय सदस्यका उम्मेदवार लामिछाने ?

काठमाडौँ । लामो समयदेखि राजनीतिमा सक्रिय सुरज चन्द्र लामिछानेले यो पटक तरुण दलको  चौथौं महाधिवेशनमा प्रदेश नं ३ वाट केन्द्रिय सदस्य पदका लागि उमेद्द्वारी दिएका छन् ।

बि.स २०३० माघ ६ गते जन्मेका लामिछाने २०४२ सालदेखि राजनीतिमा संलग्न छन् । बिद्यालय तहदेखि नै नेबिसंघको सदस्यता लिएर राजनीतिमा सक्रिय लामिछानेले २०४६ सालको जन आन्दोलनमा समेत सक्रिय भूमिका निभाएका थिए ।

suraj

त्यसयता २०४८ सालदेखि नेपाली कांग्रेसको राजनीति सक्रिय लामिछाने राजनीतिमार्फत नै देशको मुहार फेर्न सकिने बताउछन । बिस २०५७ सालमा नेबिसंघ तर्फबाट त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय क्याम्पस, कीर्तिपुरमा स्ववियु उमेद्वार बनेका थिए । त्यसै गरि २०५८  सालमा काठमाडौँ नगर समितिमा मनोनितमा परेका थिए । २०६२/०६३ को जान आन्दोलनमा पटक पटक धर पकडमा परेका लामीछाने कांग्रेसको १२ औ महाधिवेशनमा काठमाडौँ १ बाट महाधिवेशन प्रतिनिधि थिए ।

नेपाली कांग्रेसको बिज्ञान तथा प्रबिधि विभागका केन्द्रिय सदस्य समेत रहेका लामिछाने १३ औ महाधिवेशनमा क्षेत्र न १ बाट महा समिति सदस्य प्रतिनिधि थिए ।