८ फोटोमा हेर्नुस् १३२ बर्षपछि प्रिमियर लिग जित्दाको उमंग

काठमाडौँ ।  इंग्लिस क्लब लेसटर सिटिले इतिहास रच्दै १३२ बर्षपछि पहिलोपटक प्रिमियर लिग फुटबलको उपाधि हात पारेको छ। उपाधि हात पारेपछि क्लबका टिम म्यानेजमेन्ट र खेलाडीले आफ्ना समर्थकसंग भब्य रुपमा खुसि साटेका छन ।

अघिल्लो सिजनमा रेलिगसनबाट बच्न समेत हम्मे हम्मे परेको सिटिले आफ्नो खेल सुधार गर्दै इंग्ल्याण्डकै प्रतिष्ठित उपाधी हात पार्न सफल भएको छ। सिटिको लागी नयाँ अध्याय सुरु गरेका खेलाडी तथा टिम म्यानेजमेन्टले आफ्ना समर्थकसंग खुसि साट्न कुनै कसर बाँकी राखेनन। जितको खुसि साट्न क्लवका पदाधिकारी, खेलाडी र समर्थकका लागि बिशेष कार्यक्रम समेत योजना गरिएको थियो ।

भिक्टोरिया पार्कमा आयोजना गरिएको बिशेष कार्यक्रममा खुसि मनाउन १ लाख २० हजार भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो। क्लबको जर्सीमा खुसि मनाउन उपस्थित दर्शकलाई क्लवका मेनेजर, खेलाडी लगायतले संक्षिप्त सम्बोधन गर्दै ऐतिहासिक उपलब्धि हासिल गर्ने यात्रामा साथ दिएका प्रशंसक लगायतलाई धन्यवाद दिएका थिए । Leicester-City3

Leicester-City4

Leicester-City7

Leicester-City8

Leicester-City9

Leicester-City10

Leicester-City11

Leicester-City12