पाकिस्तानी युवतीको भाइरल फोटोहरु

अहिले सोसियल मिडियामा एक पाकिस्तानी युवतीको फोटो भाइरल बनिरहेको छ । शान्जे हयातको नाम भएकी यी युवती स्विमसुट मोडलिङ गर्छिन् । उनी चर्चित हुनुका कारण सोसल साइट इन्स्टाग्राममा अपलोड गर्ने गरेको बोल्ड फोटो पनि हो ।

शान्जे सन् २०१३ मा मिस पाकिस्तान वर्ल्ड बनिसकेकी छिन् । उनी पाकिस्तानको तर्फबाट मिस ग्रान्ड इन्टरनेशनल २०१३, मिस एसिया प्यासिफिक वर्ल्ड २०१४ र मिस अर्थ २०१४ मा पनि सहभागी भइसकेकी छिन् । स्मरण रहोस् शान्जेको जन्म इस्लामावादमा भयो तर उनको पढाई दुबई, साउदी अरब, नर्दन आयरल्याण्ड र अमेरिकामा भयो ।

२७ वर्षीया शान्जेले आफ्नो मोडलिङ करियरको सुरुवात १५ वर्षको उमेरमा नै गरेकी थिइन् ।